स्वास्थ्य

पाख्रीबासमा रेविज विरुद्धको नि:शुल्क खोप

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा सञ्चालित रेविज रोग विरुद्धको नि:शूल्क खोप (भ्याक्सिन) लगाउने अभियान जेष्ठ १४ गतेदेखी पून: सञ्चालन गरिने भएको छ ।

यसअघि नगरको १ देखी ५ नं वडा सम्मका घरपालुवा कुकुरलाई यो रोग विरुद्धको खोप लगाईसकिएकोमा धनकुटामा कोरोना भाईरस संक्रमण फैलिएपछि रोकिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को पशूशाखाको वार्षिक कार्यक्रम अन्र्तगतको यो अभियानमा जेष्ठ १४ देखी नगरको ६ देखी १० नं वडाका कुकुरहरुमा यो भ्याक्सिन लगाईने पशुशाखा प्रमुख गोरखमान तामाङ वताउनुभयो । यसवर्ष नगरको झण्डै १५ सय घरपालुवा कुकुरलाई यो रोग विरुद्धको भ्याक्सिन लगाउने लक्ष छ ।

पशुबाट मानिसमा सर्ने रोगवाट वच्न कुकुरमा यो भक्सिन लगाउन आवश्यक रहेको प्रमुख तामाङ वताउनुभयो । यो भ्याक्सिन लगाउन पशुशाखा प्रमुख सहित ८ जना प्रविधिक टोली सामाजिक दूरी कायम राख्दै वडा वडामा खटिएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button