स्वास्थ्य

पाख्रीवासमा आईसोलेशन वार्ड सहितको कोभिड अस्पताल सञ्चालन

शर्मिला राई, धनकुटा । देशका सम्पूर्ण स्थानिय तहमा ५ देखी १५ शैयाको आधरभूत अस्पताल निर्माण गर्ने संघिय सरकारको लक्ष अनुसार धनकुटाको पाख्रीवास नगरपालिकामा आजबाट ५ वेडको आईसोलेशन वार्ड सहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

 

हाल सञ्चालित स्वास्थ्य चौकी भवन मै व्यवस्थापन गरि सञ्चलनमा ल्याईउको अस्पतालको एक कार्यक्रमको वीच पाख्रीवास नगरपालिका प्रमुख वृष वहादुर राईले उद्घाटन गर्नुभएको नगरका रोजगाार संयोजक नारायण वस्नेतले जानकारी दिनुभयो ।

यहाँ यो अस्पताल सञ्चालनमा आए सँगै अव कोरोना संक्रमित विरामीहरुको उपचारमा केही सहज हुने अपेक्षा गरिएको छ । यो अस्पतालमा अहिले एमविविएस डा एक जना,स्टाफ नर्स एक जना,ल्याव असिस्टेण्ट एक जना र कार्यलय सहयोगी एक जना सहित जम्म ४ जना कर्मचारीको समेत व्यवस्था मिलाईएको उहाँले वतउनुभयो ।

अस्पतालमा आवश्यक अन्य सामाग्री थप गर्दै लगिने जनाईएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्वस्थ्य संयोजक मोहम्मद स्माईल मियाले कार्यक्रमको चौचित्य स्पष्ट पार्नुभएको थियो ।

यसैक्रममा उहाँले यो अस्पताल जिल्लाका विभिन्न स्थानिय तहहरु मध्ये कै पहिलो कोभिड अस्पताल भएको वताउनुभयो । कार्यक्रमको सञ्चालन रोजगार संयोजक वस्नेत गर्नुभएको थियो । अस्पताल उद्घाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख देवकला पौडेल तिम्सिना,प्रमुख प्रशासकीय अधिकृत डिक वहादुर राई,स्वास्थ्य संयोजक मिया सहित कार्यपालिका सदस्यहरु, विभिन्न वडाका वडाध्यक्ष, विभिन्न स्वस्थ्य चौकीका प्रमुख एवम् प्रतिनीधि र स्वयम् सेविकाहरुकाहरुको उपस्थिती थियो ।

Back to top button