स्थानिय समाचारस्वास्थ्य

पाख्रिबास नगरपालिकाले ल्यायो एम्बुलेन्स

शर्मिला राई, धनकुटा खबर । महिलाहरुको प्रसुती अवस्था, “क” वर्ग का अपाङ्गता तथा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य उपचार सेवालाई थप सजिलो गराउने लक्षका साथ धनकुटाको पाख्रीवास नगरपालिकाले एम्वुलेन्स खरिद गरेको छ ।

नगरको “जिरो होम डेलिभरी” शिर्षकको कार्यक्रमको उद्देश्य हाँसिलका लागि नगरले हालै मात्र एम्वुलेन्स ल्याएको हो । चालु आर्थिक वर्ष २०७६/७७ को नगरको योजना तथा कार्यक्रम भित्र कै १० लाख वजेट मार्फत एम्वुलेन्स खरिद गरिएको नगर प्रमुख वृष वहादुर राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसबाट “जिरो होम डेलिभरी” शिर्षकको कार्यक्रम अनुसार महिलाहरुलाई सुत्केरी गराउन अनिवार्य रुपमा स्वास्थ्य संस्था मै पुर्याईने, ७० वर्ष माथिका जेष्ठ नागरिक र “क”वर्गका अपाङ्गता व्यक्तिलाई पनि स्वास्थ्य संस्था सम्म वा टाढामा जिल्ला अस्पताल सम्म लानु परे लाने काम गरिने छ । उनिहरुलाई यो सेवा सकेसम्म नि:शूल्क रुपमा उपलव्ध गराउने योजना रहेको प्रमुख राईले वताउनुभयो ।

यदि नि:शूल्क सेवा दिन सकिएन भने पनि मात्र तेलको खर्च लाग्ने गरी सेवा दिईने उहाँले वताउनुभयो । सेवा साउन महिनादेखी सुचारु हुने जनाईएको छ । एम्मुलेन्स ल्याईएपछि नगरवासीकाे स्वास्थ्य उपचार सेवा सहज हुने भन्दै ४ नं वडाध्यक्ष साेवित निराैला सहित केही स्थानियले खुशी व्यक्त गरेकाछन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button