पाख्रिवास नगरपालिकामा १ जना कोरोना विरामी
कार्तिक २४,धनकुटा । धनकुटा नगरपालिकाका २३ जनाको पिसिअर नमूना संकलन गरि कोरोना परिक्षणका लागि पठाईएको छ । उनिहरुको आईतवार नमूना संकलन गरि कोरोना परिक्षण्का लागि विराटनगर पठाईएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।
त्यस्तैगरी २ जना होम आईसोलेसन र २ जना संस्था गत आईसोलेसनमा रहेकाहरुको समेत दोश्रो पटक नमूना पठाईएको छ । उनिहरुको नतिजा आज आउने स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
यसैवीच आईतवार नै पाख्रिवास नगरपालिका र शहीदभूमि गाउपालिकामा १-१ जना कोरोना पोजिटिभ विरामी थपिएको उहाँले वताउनुभयो । यो सँगै धनकुटाबाट पिसिआर नमूना संकलन गरिएका मध्ये कोरोना पोजिटिभ रिपोर्ट आउनेको संख्या ९० पुगेको छ ।
सक्रिय संक्रमित मध्ये अहिले होम आईशोलेसनमा ९ जना र संस्थागत आईशोलेसनमा ११ जना रहेकाछन् । वाहिरवाट नमूना संकलन गरिएका मध्ये ६ जनाको पोजेटिभ नतिजा आएकोमा ४ जना निको भईसकेका छन् । बाँकी १ जना होम आईसोलेशन र १ जना संस्थागत आईसेलेशनमा रहेको स्वस्थ्य कार्यलयले जनाएको छ ।
अहिलेसम्म जिल्लामा २ हजार ३ सय ५५ जनाको पिसिआर परिक्षण गरिएको छ । ती मध्ये २ हजार २ सय ३८ जनाको नतिजा नगेटिभ आएको छ । अहिलेसम्म निको भएकाहरुको संख्या ६७ पुगेको छ ।