स्थानिय समाचारस्वास्थ्य

जालपा देवी माविका पूर्व प्रअ दम्पत्तिले जिते कोरोना

धनकुटा । धनकुटाको जालपादेबी माबिमा लामो समय प्राध्यपन संगै प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भइ अवकाशप्राप्त  गोपाल भट्टराई र वहॉंका धर्मपत्नी दुर्गा कार्कीलाई कोरोना संक्रमण भएको आज १५ दिन पछि संक्रमण मुक्त हुनुभएको छ ।

भट्टराईले आफ्नो फेसबुक स्ट्याटसमा लेख्दै भनेका छन् : विश्व महामारीको प्रभावलाई परास्त गर्न सफल भइयो । सो प्रभावको बारेमा संस्थागत तथा ब्यक्तिगत रुपमा देश,बिदेशबाट फोन तथा सामाजिक सन्जाल मार्फत शिघ्र स्वास्थ्य लाभको कामना गर्ने हाम्रा आफन्तजन,साथीभाई,इष्टमित्र,शुभेच्छुक,शुभचिन्तक,मान्यजन सबै प्रति हार्दिक कृतज्ञता,आभार तथा धन्यवाद प्रकट गर्दछौं ।

भट्टराई दम्पत्तीको आज न्युरो अस्पताल,बिराटनगरमा कोरोना जॉंच गर्दा परिणाम नेगेटिभ आएको साथै स्वास्थ्य स्थिति सामान्य रहेको भट्टराईले बताउनु भयो ।

सम्बन्धित समाचार

Back to top button