स्थानिय समाचार

धार्मिक तथा पर्यटकिय स्थल सभापोखरीमा दर्शनार्थीको भिड बढ्दै

धनकुटा । पूर्वको गोसाईकुण्ड भनेर चिनिने धार्मिक तथा पर्यटकिय स्थल सभापाखरीमा दर्शनार्थीको भिड बढेको छ ।

जनैपूर्णिमामा यस क्षेत्रमा बिशेष मेला लाग्ने गरेको छ । मेला भर्न संखुवासभा सहित धनकुटा,तेह्रथुम, भोजपुर, झापा,मोरङ्ग,सुनसरीबाट धार्मिक पर्यटक पुग्ने गरेका छन् ।

धार्मिक तथा प्राकृतिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य सभापोखरीमा स्नान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नं ५ मा पर्ने सभापोखरी धार्मिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण स्थल रहेको छ ।

समुद्री सतहदेखि चार हजार दुई सय ४० मिटरको उचाइमा रहेको सभापोखरीको लम्बाइ २०० मिटर र चौडाइ लगभग १०० मिटर रहेको छ । वरिपरि अग्ला पहाडहरूले घेरेको पोखरीको बिचमा एउटा थुम्को रहेको र त्यही थुम्कोमा बसेर देवताहरूले सभा गरेको जनविश्वास रहेको छ ।

यहां तिनजुरे,मिल्के,जलजले हुदै वा सङ्खुवासभाको सदरमुकाम हुदै ३/४ दिनको पैदलयात्रा पश्चात् उक्त ठाउँमा पुग्न सकिन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button