स्थानिय समाचारस्वास्थ्य

पाख्रीवास नगरपालिकामा आजबाट अपाङ्गता परिचयपत्र वितरण तथा स्वास्थ्य परिक्षण शिविर सञ्चालन

धनकुटा,माघ २० । धनकुटाको पाख्रीवास नगरपालिकामा आजबाट अपाङ्गता परिचयपत्र वितरण तथा स्वास्थ्य परिक्षण शिविर सञ्चालन शूरु हुने भएको छ । अपाङ्गता भएकाहरुका लागि विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण सहित परिचयपत्र वितरण हुने भएको हो ।

पाख्रीवास नगरपालिका सहित सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगर र करुणा फाउण्डेसनको सहकार्यमा आजदेखी देखि शिविर सञ्चालन हुन लागेको नगर प्रमुख वृष वहादुर राईले वताउनुभयो । उहाँका अनुसार आज नगरको १० नं वडाबाट शिविर सञ्चालनको शूभारम्भ गरिने छ ।

शिविरमा सम्पूर्ण वडाका सबै खालका अपाङ्गता व्यक्तिको नाक ,कान,घाटी,जेनेरल फिजियोथेरापी र फिजियोथेरापिष्ट सहितका विशेषज्ञहरुद्धारा प्रारम्भिक स्वास्थ्य जाँच गरि आवश्यकता अनुसार अपाङ्गता परिचयपत्र वितरण तथा नविकरण गरिनेछ ।

आज १० नं वडा को चुङ्माङ् स्वास्थ्य चौकी भोलि २१ गते वडा नं ९ को आधारभुत स्वास्थ्य केन्द्र,२२ गते वडा नं १ को आधारभुत स्वास्थ्य केन्द्र सान्ने, माघ २३ गते वडा नं २ को सान्ने स्वास्थ्य चौकी, २४ गते वडा नं ६ को फलाटे स्वास्थ्य चौकी,२५ गते वडा नं ५ को घोर्लिखर्क स्वास्थ्य चौकी, २६ गते वडा नं ८ मुगा स्वास्थ्य चौकी ,२७ गते ७ नं वडाको मुगा आधारभुत स्वास्थ्य चौकी,२८ गते ३ नं वडाको वडा कार्यलय र २९ गते ४ नं वडा को पाख्रीवास स्वास्थ्य चौकिमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

Back to top button