स्वास्थ्य

धनकुटा १ हिलेमा वृहत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

धनकुटा । स्थानियको स्वास्थ्य सेवालाई सहज बनाउने लक्षका साथ धनकुटा १ हिलेमा वृहत नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

धनकुटा नगरपालिका वडा नं १ हिले, लाईन्स क्लब अफ बिराटनगर, युनिक लाईन्स क्लब अफ बिराटनगर, ग्रीन सिटीको संयुक्त आयोजनामा यही पौष ४ र ५ गते शिविर सञ्चालन गरिने वडा कार्यलय हिलेले जनाएको छ ।

स्वास्थ्य शिविरमा मुटु रोग ,वाल रोग ,छाला तथा यौन रोग ,आँखा, फोक्सो ,स्त्री रोग ,हाडजोर्नी तथा नशा ,नाक कान घाटी,दन्त र मधुमेह लगायतको उपचार तथा परामर्श सेवा प्रदान गरिने छ । नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गर्न लागिएको हो ।

शिविरमा यहाँका ३ सय देखि ४ सय स्थानियवासीलाई सेवा दिने लक्ष राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button