स्थानिय समाचारस्वास्थ्य

पाख्रीबासका एक पुरुषको कोरोनाबाट आज मृ त्यु

मंशिर २१,धनकुटा । धनकुटामा कोरोना संक्रमण पुष्टि भई मृ त्यु हुनेको संख्या ९ पुगेको छ । कोरोना पुष्टि भएका जिल्लाको पाख्रीवास नगरपालिका-९ का ६१ वर्षिया एक पुरुषको आज मृ त्यु  भए सँगै कोरोना संक्रमणको कारण मृ त्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।

स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईका अनुसार मृ तकहरुको यो जिल्लाबाट र जिल्ला वाहिर कोरोना परिक्षण गराई रिपोर्ट पोजेटिभ आउनेहरुको हो । अहिले सम्म जिल्लाका २ हजार ४ सय ६० जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये पोजेटिभ नतिजा आउनेको संख्या अहिले सम्म १ सय ३३ जना पुगेको छ भने २ हजार ३ सय २७ जनाको नतिजा नेगेटिभ आएको छ ।

पोजिटिभ नतिजा आएका मध्ये निको भएकाहरुको संख्या १ सय १८ जना पुगेको छ । होमआईसोलेसन ७ जना रहेका छन् । त्यस्तै सामाजिक विकास मन्त्रालय विराटनगरको तथ्यांक अनुसार धनकुटा वाहिर नै पिसिआर परिक्षण गराई वाहिर नै रहेकाहरु ५७ जना मध्ये निको भएकाको संख्या ३४ जना र निधन १ जना होम आईसोलेसन २२ जना र यसरी धनकुटा भित्र र वाहिर गरी कुल संक्रमित १ सय ९० निको भएकाहरुको संख्या १ संख्या ५२ जना पुगेको छ । होम आईसोलेसनमा २९ रहेकाछन् ।

सम्बन्धित समाचार

Back to top button