स्थानिय समाचारस्वास्थ्य

६ महिनामा धनकुटाको पाख्रीवास नगरपालिकाका ८८ जना विदेशबाट घर फर्किए

पाख्रीबास,धनकुटा । कोरोना महामारीको वीच ६ महिनाको अवधिमा धनकुटाको पाख्रीवास नगरपालिकाका ८८ जना व्यक्ति विदेशबाट घर फर्किएका छन् ।

गएको फागुन १० गते देखी आज सम्म यस नगरपालिकाका ८८ जना व्यक्ति फर्किएको नगरपलिकाको स्वास्थ्य शाखाको तथ्यांक छ । उल्लेखित संख्या मध्ये २७ जनाको पिसिआर र ६५ जनाको आरडिटि विधिवाट कोरोना परिक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

अहिले सम्मको तथ्यांक अनुसार यहाँका ३३ जना होम क्वारेन्टाईन र ५५ क्वारेन्टाईनमा वसेका थिए । अहिले यो नगरपालिकामा भारतबाट फर्किएका एक जना मात्र क्वारेन्टाईमा रहेको पाख्रीवास नगरपालिकाका प्रमुख वृष वहादुर राईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button