कोरोना संक्रमणबाट पाख्रीबासका एक व्यक्तिको मृ,त्यू
धनकुटा। कोरोना पोजेटिभ रिपोर्ट आएका धनकुटाका एक व्यक्तिको आज मृ,त्यू भएको छ ।
जिल्लाको पाख्रीवास नगरपालिका २ का ७३ वर्षका एक पुरुषको मृ,त्यू भएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । दमका रोगी उनि धनकुटा अस्पतालको ईमर्जेन्सिमा उपचारका लागि लगिएकोमा धनकुटा अस्पतालले विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा रिफर गरेको थियो ।
घोपाले पहिले पिसिआर नमूना संकलन गरि परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएपछि कार्तिक २१ गते धनकुटा अस्पतालको आईसोलेशनमा ल्याईएको थियो । फेरी स्वास्थ्य समस्या जटिल भएपछि शनिवार उपचारका लागि घोपा नै लगिएको उनको आज दिउँसो मृ,त्यू भएको खवर प्राप्त भएको स्वास्थ्य कार्यलयका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यलयको तथ्यांक अनुसार यो सँगै जिल्लामा कोरोनाको कारण मृत्यू हुनेको संख्या ३ पुगेको छ ।