स्थानिय समाचारस्वास्थ्य

पाख्रीवास युथ युनाईटेड जिम सेन्टरको उद्घाटन,६५ जनालाई सम्मान

धनकुटा । धनकुटाको पाख्रीवासमा निर्माण गरिएको पाख्रीवास युथ युनाईटेड जिम सेन्टरको आज उद्घाटन गरिएको छ । पाख्रीवास युथ युनाईटेड सेन्टरका अध्यक्ष गणेश गुरुङको अध्यक्षता तथा पाख्रीवास नगरपालिकाका प्रमुख वृष वहादुर राईको प्रमुख आतिथ्यमा सञ्चालित एक कार्यक्रमको वीच जिम सेन्टरको उद्घाटन गरिएको हो ।

देश विदेशमा वसोवास गरिरहेका सहयोगी नेपाली मनहरुबाट प्राप्त सहयोग मार्फत पाख्रीवास मुख्य वजार क्षेत्र भन्दा केही तल पर्यटकीय स्थल सिमसार क्षेत्र नजिक २० फुट चौडाई र ४० फुट लम्वाईको जिम सेन्टर निर्माण गरिएको पाख्रीवास युथ युनाईटेड सेन्टरका सदस्य दिपेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाख्रीवासका समाजसेवि एवम् वुद्धीजीवि ज्ञान वहादुर गुरुङ र स्व. प्रेम गुरुङले संयुक्त रुपमा प्रदान गर्नुभएको ४ आना जग्गामा निर्माण गरिएको जिम सेन्टर निर्माणका लागि अहिले सम्म करिव ७ लाख वढी लागत लागीसकेको छ । जिम सेन्टर उद्घाटन कार्यक्रममा वोल्दै नगर प्रमुख राईले नगरबाट पनि युवाहरुलाई आवश्यक सहयोग गर्ने वचन दिनुभयो ।

जग्गादाता,आर्थिक सहयोग दाता तथा श्रम सहयोग गर्नेहरु जम्मा ६५ जनालाई दोसल्ला ओढाई सम्मान गरिएको कार्यक्रममा पाख्रीवास नगरपालिका ४ का वडाध्यक्ष सोवित निरौला, जग्गादाताहरुको तर्फवाट ज्ञान वहादुर गुरुङ, आर्थिक सहयोगीहरुको तर्फबाट राजमान सिंह राई,पाख्रीवास युथ युनाईटेड सेन्टरको तर्फबाट कोषध्यक्ष कल्पना तामाङ लगायतले मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य सेन्टरका सदस्य अनिल खड्काले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सदस्य दिपेश थापाले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Back to top button