स्थानिय समाचार

वजार क्षेत्रको सडक वत्ति मर्मत तथा व्यवस्थापनको माग गर्दै पाख्रीवासमा प्रर्दशन

पाख्रिबास,धनकुटा  । धनकुटाको पाख्रीवास नगरपालिका वजार क्षेत्रको सडक वत्ति मर्मत तथा व्यवस्थापनको माग गर्दै आज पाख्रीवासमा त्यहाँका युवाहरुले विरोध प्रर्दशन गरेकाछन् ।

झण्डै छ सात महिना यता सडक वत्ति नवलेको कारण समस्या भएकोले यसको मर्मत गरि चाँडो वत्ति वाल्नु पर्ने माग गर्दै पाख्रीवास युथ युनाईटेड क्लवको आयोजनामा प्रदर्शन गरिएको हो ।

प्रदर्शनको क्रममा युवाहरुले सडक वत्तिको तत्काल मर्मत व्यवस्थापन गर्न स्थानिय सरकार समक्ष माग गरेका छन् । प्रदर्शनमा संलग्न स्थानिय युवा तथा नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दलका जिल्ला सदस्य विमल गुरुङ्गले सडक वत्ति मर्मत तथा व्यवस्थापनका लागि तीन महिना अघि पनि हस्ताक्षर अभियान सञ्चालन गरि ५० जनाको हस्ताक्षर नगरपालिकामा वुझाईएको तर त्यसको सुनुवाई नभएपछि प्रदर्शन गर्न वाध्य भएको वताउनुभयो ।

पाख्रीवासका करिव ६० जना युवाहरुले सहभागिता जनाएको प्रदर्शनको क्रममा कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट सर्तकता अपनाउनका लागि स्थानियलाई मास्क समेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button