स्थानिय समाचार

पाख्रीवास ४ मा घरमै पुगि जेष्ठ नागरिकहरुलाई सम्मान तथा सामाजिक सुरक्षा भत्ता वितरण

पाख्रीवास,धनकुटा। धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ का जेष्ठ नागरिकहरुलाई विशेष सम्मान गरिएको छ ।

नेपाल सरकारको सामाजिक सूरक्षा भत्ता वितरण कार्यक्रम अन्र्तगत ४ नं वडाका वडाध्यक्ष, सदस्य तथा वडा सचिवको टोलिले सो वडाका ९० वर्ष वढी उमेर समूहका जेष्ठ नागरिकहरुलाई घर घर मै पुगि हर्लिक्स सहित सम्मान पत्र प्रदान गर्दै ढाकाको दोसल्ला,टोपी ओढाएर सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा ९६ वर्षकी पदम माया वस्नेत, ९६ वर्ष कै दिल वहादुर गुरुङ, ९८ वर्षका खड्ग वहादुर वस्नेत र ९० वर्षकी विष्णु माया निरौला रहेकाछन् । उनिहरुलाई गत साउन देखी कार्तिक महिना सम्मको सामाजिक सूरक्षा भत्ता पनि प्रदान गरिएको वडाध्यक्ष सोवित निरौलाले वताउनुभयो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमणबाट सर्तकता अपनाउने र जेष्ठ नागरिकहरुको स्वास्थ्य सूरक्षाको कुरालाई ध्यान दिदै घर घरमै पुगि जेष्ठ नागरिकहरुलाई सम्मान तथा सामाजिक सूरक्षा भत्ता वितरण गरिएको उहाँले वताउनुभयो ।

 

वडा सचिव सञ्जय राईका अनुसार ४ नं वडामा सामाजिक सूरक्षा भत्ता पाउनेहरुमा जेष्ठ नागरिक ८६ जना, जेष्ठ नागरिक दलित ८, जेष्ठ नागरिक एकल महिला २६, विधुवा ३४, फरक क्षामताका ूकू वर्गका ५ ूखू वर्गका ७ र दलित वालवालिका २४ जना रहेका छन् । यो चरणको सामाजिक सूरक्षा भत्ता भोलि सम्म वितरण गरिसक्ने वडाले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button