स्थानिय समाचार

के हो त “बेठी” परम्परा? (भिडियो सहित)

धनकुटा । करिब चार दशक अघिसम्म धनकुटाका गाउँहरुमा नौमती बाजा बजाएर असारे भाकामा दोहोरी सहित बेठी लगाउँदै धान रोपाइँ गर्ने चलन रहेको थियो तर पछिल्लो समय बेठी परम्परा दुर्लभ भएको छ ।

धनकुटा लगायत आसपासका जिल्लामा जेठबाट रोपाइँ सुरु भएर साउनसम्म हुने गरेको छ तर रोपाइँमा पहिलेपहिले जस्तो नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने ‘बेठी’ परम्परा अहिले देख्न पाइदैन ।

हिजोआज शहरमा बस्ने नयाँ पुस्तालाई मात्र होइन, गाउँमा हुने कृषकका छोराछोरीका लागि समेत ‘बेठी’ शब्द अनौठो बन्न पुगेको छ । गाउँबस्तीका खेतहरुमा नौमती घन्काएर असारे भाका गाउँदै रोपाइँ गर्ने चलन लोप भएपछि नयाँ पुस्ता बेठीका बारेका जानकार नै छैनन् । करिब २०४० साल सम्म धनकुटाका गाउँहरुमा नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित बेठी लगाउँदै धान रोपाइँ गर्ने चलन रहेको जनकारहरु बताउछन् ।

पहिले नै हिलो आली सकेर तयार पारेको पर्याप्त पानी पुग्ने खेत, तयारी अवस्थाको धानको बीउ, दर्जनौँ हलगोरु, सोही अनुपातमा बाउसे, रोपाहार अनि बाजागाजाको टोली भएपछि मात्र बेठीको रौनक सुरु हुन्थ्यो। मानव जीवन र हिलो माटोबीचको सम्बन्धको प्रतीकसमेत बन्दै आएका किसानले माटोको टीका थाप्नुपर्ने बेठीमा दर्जी समुदायले बाजा बजाउने र श्रमिकले आ–आफ्नो भूमिकाअनुसारको खेतमा काम गर्नुपर्ने चलन थियो।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button