स्थानिय समाचार

धनकुटाका अधिकांश माछा पसल मापदण्ड बिपरित

धनकुटा,असार २९ । धनकुटा जिल्लामा अधिकांश माछा पसल मापदण्ड बिपरित सञ्चालन भएको पाइएको छ ।भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनकुटाले बिहिबार आयोजना गरेको संयुक्त अनुगमनको क्रममा यस्तो पाइएको हो ।

जिल्लामा संञ्चालित करिब एक दर्जन माछा पसल अधिकांश खुल्ला स्थानमै सञ्चालन गरेको पाइएको हो । त्यस्तै माछालाई डिफ्रिज वा बरफ संगै राख्नु पर्ने भएपनि त्यो समेत नगरेको पाइएको छ ।

त्यस्तै प्रतिबन्धित माछा समेत धनकुटामा बिक्रि गरेको पाइएको कार्यालय प्रमुख लोकनाथ ढुङ्गनाले वताउनु भयो । त्यस्तै अधिकांश पसल दर्ता समेत नगरी सञ्चालन गरेको समेत पाइएको उहाको भनाई छ । पहिलो पटक सचेत गरिएको उहाले जानकारी दिनुभयो ।

त्यस्तै धनकुटा तथा हिलेमा सञ्चालिन बधशाला समेत सरसफाइ नभएको पाईएको छ । मासु काट्ने स्थान तथा मासुबाट निस्कने फोहोर ब्यबस्थापनमा समस्या रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनकुटाका पशु प्राबिधि पुस्प दाहालले जानकाी दिनुभयो । अनुगमनकै क्रममा जिल्लामा सञ्चालित भेटेरीनरी पसलमा केहिमा म्याद सकिएको औसधि समेत पाइएको उहाले बताउनु भयो ।

जिल्लाको धनकुटा बजार, हिले र सिदुवा बजारका दुइ दर्जन भन्दा बढी भेटेरीनरी, मासु, माछा पसल र बधसालामा अनुगमन गरिएको हो ।

अनुगमनमा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको टोलि सहित जिल्ला प्रशासन कार्यलय, कृषि ज्ञान केन्द्र, खाध्य प्रबिधि तथा गुण नियन्त्रण, घरेलु कार्यलयका प्रतिनिधिको उपस्थीति रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button