स्थानिय समाचार

चौबिसे राजारानीमा युवा संघको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम

धनकुटा । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि धनकुटाको आयोजनामा आज देखि युवा संघको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम चौबिसे गाउँपालिका राजारानीमा सुरु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एवम् युवा संघका ईन्चार्ज महेश बस्नेत ,राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी अध्यक्ष क्षितिज थेबेको उपस्थितिमा प्रशिक्षण शूरु भएको हो ।

कार्यक्रममा बैचारिक ,सांगठनिक ईतिहास ,भावि कार्य योजना र प्रविधि प्रयोग सम्बन्धि विषयमा प्रशिक्षण हुने युवा संघका केन्द्रिय सदस्य कमल कार्कीले जानकारी दिनु भयो । युवा संघका जिल्ला अध्यक्ष प्रविन पोख्रेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा युवा संघका विभिन्न तह कमिटीका युवानेताहरुको उपस्थिति रहेको छ ।

युवा संघको कार्यक्रमका लागि आज चौबिसे गाउँपालिका राजारानी आउने क्रममा पहिचानवादीहरुले नाराबाजी र कालो झन्डा देखाउदै केन्द्रिय अध्यक्ष थेबेलाइ रोक्ने प्रयास गरेका थिए । पहिचानवादीहरुको नाराबाजी र कालो झण्डा प्रदर्शनको बीच सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा थेबेलाई कार्यक्रमस्थल पुर्याईएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button