स्थानिय समाचार

पाख्रीवासको ८ नं वडा कार्यालयमा पनि राखियो ग्रेटर नेपालको नक्सा

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ८ नं वडा कार्यालयमा पनि ग्रेटर नेपालको नक्सा राखिएको छ ।

वडाध्यक्ष गणेश राई, वडा सदस्यहरु र सचिव हिरामान राई लगायतले वडा कार्यलयमा ग्रेटर नेपालको नक्सा राखेका हुन् । आफुहरुको ईतिहास र सभ्यताको आफुहरुले नै सम्मान र संरक्षण गर्न आवश्यक रहेकोले स-सम्मानका साथ ग्रेटर नेपालको नक्सा कार्यालयमा राखिएको वडाध्यक्ष राईले बताउनुभयो ।

यसले भावी पुस्तालाई समेत आफ्नो देशको ईतिहासको बारेमा जानकारी राख्न सहयोग पुग्ने वडाध्यक्ष राईले बताउनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button