स्थानिय समाचार

पाख्रीवास नपाद्वारा वजार पसलहरुको अनुगमनको क्रमलाई दियो तिव्रता

आश्विन २१,धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाले विभिन्न वडाका वजार पसलहरुको अनुगमनको क्रमलाई तिव्रता दिएको छ ।

 

जसअनुसार आज पाख्रीवास नगरपालिकाका प्रशासन शाखा प्रमुख सत्य नारायण राईको नेतृत्वमा खटिएको टोलिले सो नगरपालिका क्षेत्रको २,३ र ६ नं वडाको सान्ने,पाख्रीवास र फलाटे बजारका खाद्यान्न,औषधि पसल तथा होटल सहित जम्म २३ वटा पसलहरुको अनुगमन गरेको छ ।

अनुगमनको क्रममा अधिकांश पसलहरु दर्ता नगरि सञ्चालन गरिएको पाईएको अनुगमन टोलिमा संलग्न पाख्रीवास नगरपालिकाका राजश्व शाखा प्रमुख खेमचन्द्र वस्तिले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती पसलहरुमा उपभोक्ता वा सेवाग्राहीको जानकारीका लागि मूल्य सूचि समेत नराखेको पाईएकोले ७ दिन भित्र पसलहरु दर्ता गर्न र सेवाग्राहीले देख्ने ठाउँमा मूल्य सूचि अनिवार्य राख्न व्यवसायीहरुलाई आग्रह गरिएको छ ।

 

ग्रामिण क्षेत्र नजिकका पसलहरुमा ठूला वजार क्षेत्रबाट उपभोग्य समय कम भएका सरसामान वढी जाने गरेको पाईएको र त्यस क्षेत्रका व्यापारी,व्यवसायीलाई करको दायरामा ल्याउनका लागि पनि ग्रामिण क्षेत्रका पसलहरुको अनुगमनलाई तिव्रता दिईएको उहाँको भनाई छ ।

अनुगमन टोलिमा उद्योग वाणिज्य संघ पाख्रीवासका अध्यक्ष केशर वहादुर राई,पाख्रीवास नगरपालिकाका जनस्वास्थ्य अधिकृत मोहम्मद स्माईल,लेखा अधिकृत दिपेन्द्र अधिकारी,ईलाका प्रहरी कार्यलय पाख्रीवासका प्रहरी नायव निरिक्षक उज्वल शाक्य लगायतको सहभागिता थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button