स्थानिय समाचार

छथर जोरपाटीको बजेट ४२ करोड, ३५ लाख,४६ हजार

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक बर्ष २०८०÷८१ का लागि ४२ करोड ३५ लाख, ४६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिका उपाध्यक्ष गिता गुरुङ्ग खेवाले दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा आर्थिक बर्ष २०८०÷८१ का लागि ४२ करोड ३५ लाख, ४६ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गर्नु भएको हो ।

शिक्षा, स्वाथ्य, कृषि, पूर्वाधार विकास, खेलकुद लगायत बिषय लाई बजेटमा समेटिएको उपाध्यक्ष खेवाले बताउँनु भयो । जस मध्ये चालु तर्फ २८ करोड ८१ लाख, २२ हजार र पूजिँगत तर्फ १३ करोड ५४ लाख २४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । जस मध्ये बेहोरीने स्रोतहरुमा नेपाल सरकार बाट प्राप्त हुने बित्तिय सामान्यीकरण तर्फ ८ करोड ६२ लाख, राजश्व बाँडफाड तर्फ ७ करोड ३८ लाख १७ हजार, संघिय सरकार बाट सशर्त अनुदान बाट २० करोड ७१ लाख, समपुरक अनुदान २ करोड प्राप्त हुने प्रस्ताव गरिएको छ ।

त्यस्तै प्रदेश सरकार बाट वित्तिय सामान्यीकरण तर्फ ५१ लाख २५ हजार, राजश्व बाँडफाड तर्फ ३० लाख ३१ हजार, समपुरक अनुदान ९७ लाख ५० हजार, सशर्त अनुदान ५७ लाख ७३ हजार, आन्तरिक आय बाट १ करोड ६ लाख ५० हजार र अल्या बाट २० लाख रुपैयाँ बजेट स्रोत निर्धारण गरिएको जनाईएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button