स्थानिय समाचार

पाख्रीबासका गम्भिरजंग थापा मलेसियामा अस्ताए

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाका एक ब्यक्तिको मलेसियामा निधन भएको छ ।

पाख्रीबास नपा वडा नं ७ मा स्थायी घर भइ हाल बेलबारीको गोठगाउंमा बसोबास गर्दै आएका गम्भिरजंग थापाको निधन भएको हो ।

मृतक थापा नेपाली सेनाबाट अवकास प्राप्त गरेर करिब २ महिना अगाडि मात्र रोजगारीको सिलसिलामा मलेसिया गएको र २३ अगस्तको दिन राती सुतेपछि श्वासप्रश्वासमा समस्या आएर वहांको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागि अस्पताल लगिएको र नेपाल स्थित वहांलाई पठाउने मेनपावर कम्पनीसंग शवलाई नेपाल ल्याउने बारेमा छलफल भइरहेको जनाएको छ ।

मृतक थापाको परिवारमा श्रीमति, १ छोरा र २ छोरी रहेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button