स्थानिय समाचार

चाड पर्व नजिकिएसँगै पाख्रिबास नपा ९ र १० को बजार अनुगमन

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ र १० को उत्तरपानी बजारका पसलहरुको अनुगमन गरिएको छ ।

नजिकिदो चाड पर्वलाई लक्षित गर्दै पाख्रीवास नगरपालिकाको कार्यलय,उद्योग वाणिज्य संघ पाख्रीवास र सूरक्षाकर्मीको टोलिले सोमबार उत्तरपानी बजारको किराना तथा औषधि पसलहरुको अनुगमन गरेको नगरपालिकाका राजश्व शाखा प्रमुख खेम वस्तिले जानकारी दिनुभयो ।

नगरपालिकाका प्रशासन शाखा प्रमुख सत्य नारायण राईको नेतृत्वमा गएको अनुगमन टोलिले त्यहाँका जम्मा २२ वटा पसलहरुको अनुगमन गरेकोमा एउटा मात्र दर्ता गरेको पाईएको उहाँले वताउनुभयो ।

साथै पसलहरुमा मूल्य सूचि समेत नराखेको, सूर्तिजन्य सामानहरु समेत खाद्यान्न पसलमा सँगै राखेको पाईएकोले पलहरु दर्ता गर्न,मूल्य सूचि राख्न,सुर्ती जन्य सामाग्री खाद्यान्न सामान सँग सँगै नराख्न व्यापारी व्यवसायीहरुलाई सुझाव दिईएको छ ।-सॉंकेतिक तस्बीर

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button