स्थानिय समाचार

सकियो भेडेटारको खाना महोत्सव,१ करोड बराबरको कारोबार

धनकुटा,१९ पुष । अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रदेश न १ कै चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा आयोजना गरिएको खाना महोत्सव सम्पन्न भएको छ ।

नयाँ बर्षको अवसर पारेर होटल एसोसिएसन भेडेटारले आयोजना गरिएको महोत्सव सम्पन्न भएको हो ।

महोत्सवमा करिब ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्रिएको र एक करोडको कारोबार भएको होटल एसोसिएसन भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले जानकारी दिनु भयो ।

खाना महोत्सवकै अवसरमा गरिएको कृषि मेला तथा प्रर्दशनीमा गाउँपालिकाका १ सय ३३ जना कृषक मध्ये ५६ जना कृषकलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो।

पुष १६ देखी १८ गते सम्म भएको १० औं फुड फेस्टिबलमा भेडेटार क्षेत्रमा पाइने अर्गानिक उत्पादन, कृषि तथा घरेलु उत्पादनहरुको प्रदर्शनी, जातीय खानेकुरा, स्वास्थ्य परिक्षण, बाल उद्यान रहेको थियो भने हरेक दिन बेलुकी राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बजोड सांगितीक प्रस्तुती रहेको थियो।

खाना महोत्सवमा आएका पर्यटकहरु भेडेटार सहित यहाँका पर्यटकीयस्थलहरु शैलुङ डाडाँ, पाथीभरा मन्दिर, शंखेश्वर मन्दिर÷भेडेटार पार्क, पिकनिक स्पट, आत्मघर, थुम्कीमा रहेको सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना ९नमस्ते झरना०, साँगुरी गढी९सायोक०,नाम्जे गाउँ होमस्टे, ओख्रे भ्यु टावर, ध्वजे डाडाँ, अजंगको बरको रुख सहति अन्य स्थानमा समेत पुगेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button