स्थानिय समाचारस्वास्थ्य

कोरोना भाइरसको संक्रमण जोखिमबाट बच्न छथरजोपाटी गाउँपालिकाको आग्रह

धनकुटा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण पछिल्लो समय छिमेकी देश भारत र चीनमा समेत बढ्दै गएको र नेपालमा समेत यसको जोखिम रहेको भन्दै स्वास्थ्य मन्त्रालय र गृहमन्त्रालयले समेत स्वाथ्य सतर्कता अपनाउन अनुरोध गरि रहेको अवस्थामा धनकुटाको छथरजोपाटी गाउँपालिकाले समेत गाउँपालिकाका भित्रका नागरिकलाई स्वास्थ्य सतर्कत अपनाउन अनुरोध गरेको छ ।

गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले छिमेकी राष्ट्र चीनमा ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेन संक्रमण बढेको विभिन्न रिपोटहरुले देखाएको र नेपालमा समेत यसको उच्च जोखिम हुन सक्ने सरुवा रोग विशेषज्ञहरुले बताई रहेको अवस्थामा गाउँपालिका भित्रका नागरिकहरुलाई जनस्वास्थ्यका मापदण्ड अपनाउन, माक्स सहि तरिकाले लगाउँन, सरसफाईमा बिशेष ध्यान दिन स्वास्थ्यमा केहि समस्या देखिए स्वास्थ्य संस्थामा गई चेक जाँच गराउँन आग्रह गर्नु भएको छ ।

साथै उहाँले कोरोना विरुद्धको खोप नलगाएकाहरुलाई समेत खोप लगाउन आग्रह गर्नु भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button