स्थानिय समाचार

पाख्रिबास ८ खत्री डाँडामा कफी खेती लगाउन शुरु,सांसद राईले गरे उदघाटन

पाख्रिबास,धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ८ खत्री डाँडामा कफी खेती लगाउन शूरु गरिएको छ । आज एक कार्यक्रमको वीच प्रतिनीधिसभा सांसद राजेन्द्र कुमार राईले कफीको विरुवा रोप्दै यो खेतीको उद्घाटन गर्नुभएको हो ।

नगरको कार्यक्रम अन्र्तगत यहाँ कफी खेतीकोको शूभारम्भ गरिएको नगर प्रमुख तथा मुगा पाख्रीवास कृषी सहकारी संस्थाका सल्लाहकार वृष वहादुर राईले वताउनुभयो । प्रमुख राईका अनुसार गत आर्थिक वर्ष तेखिमे कृषि परामर्श सेवा फर्मले यो नगरको समून्द्र सतहको ६ सय देखी १६ सय मिटर सम्म ८४ लाख कफी को विरुवा लगाउन सकिने अनुसन्धान गरेको छ ।

सोही अनुसार कफी खेती विस्तारका लागि नगरले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम मार्फत नै कफी पकेट क्षेत्र घोषणा गरेर १० लाख वजेट समेत विनियोजन गरेको प्रमुख राईले वताउनुभयो । यो खेतीले कृषि,पर्यटन र आर्थिक विकास टेवा पुग्ने नगरको अपेक्षा छ ।

खत्री डाँडाको करिव ५ सय रोपनी जग्गा क्षेत्रफलमा भोलि र पर्सि सम्म ३५ सय विरुवा रोप्ने लक्ष रहेको ८ नं वडाध्यक्ष सिताराम राईले वताउनुभयो । मुगा पाख्रीवास कृषी सहकारी संस्थाका अध्यक्ष रेवत वहादुर थापाको अधयक्षतामा सञ्चालित कार्यक्रममा स्थानिय जनप्रतिनीधि सहित सशस्त्र प्रहरीवल र सम्वन्धित संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिको उपस्थिती थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button