अपराध

टेलिकमको सर्भर ह्याक गर्ने पाख्रिबास ५ का देउजा पक्राउ

धनकुटा  । नेपाल टेलिकमको सर्भर ह्या,क गरेको आरोपमा धनकुटाका एक सरकारी कार्यालयका कर्मचारी प,क्राउ परेकाछन् ।

प,क्राउ पर्ने धनकुटाको पाख्रीवास नगरपालिका ५ घर भई शहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्यूटर अप्रेटरको काम गर्दै आएका २५ वर्षका दिवाकर देउजा रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

नेपाल टेलिकमको उजुरीको आधारमा केन्द्रबाट अनुसन्धानका लागि आएको सिआईवीको टोलिले देउजालाई हिजो प,क्राउ गरेको हो । सिआईवीको टोलिद्धारा कार्यालयबाटै प,क्राउ परेका उनलाई थप अनुसन्धानका लागि काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button