स्थानिय समाचार

हिले-पाख्रीबासको ५ किमी यो सडक पार गर्न लाग्छ पुरै ७ घण्टा ! – सम्बन्धित पक्षको ध्यान जाने कहिले ? (भिडियो सहित)

धनकुटा । मध्यपहाडी लोकमार्ग अन्तरगत हिले–लेगुवा सडक तिन बर्ष भित्र कालोपत्र गर्न २०७२ सालमा दुइ ठेकेदार कम्पनीले जिम्मा लिएका थिए । तर त्यो समय बितेर थप गरिएको म्याद सकिन लाग्दा समेत ६५ प्रतिसत मात्र काम सम्पन्न भएको छ । फल स्बरुप यात्रुहरु हिलाम्मे सडकमा यात्रा गर्न मात्र बाध्य छैनन् । बिरामी बिच बाटोमै अलपत्र पर्ने गरेका छन् । त्यस्तै हिले पाख्रिवास बिचको करीब पाँच किलो मिटर पार गर्न माल बाहक सबारी साधनलाइ एक दिन सम्म लाग्ने गरेको छ ।

मध्यपहाडि लोकमार्ग अन्तरगत हिलेदेखि पाख्रीबास हुँदै पञ्चेसम्मको १३ किलोमिटर सडक कञ्चनजंघा कन्स्ट्रक्सनले तीन वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने जिम्मा लिएको थियो । सम्झौता अनुसार २०७५ साल चैत मसान्तभित्र सडकमा कालोपत्रे गरिसक्नु पर्ने थियो । तर, सो समयमा काम नगरेपछि सरकारले सम्झौता अवधी बढाएर २०७७ पुस पुर्याएको छ ।

तर सडक विस्तार गर्न ठेक्का गरेको समय सकिएर थपिएको म्याद पनि सकिन लाग्दा समेत निर्माणको काम सुरु हुन सकेको छैन । सो सडकको चौडा फराकिलो पार्ने काम मात्रै गरेर कन्स्ट्रक्सनले अलपत्र छाडेपछि अविरल वर्षाको कारण सडक खण्ड पूर्ण रुपमा क्षती भई दैनिक उपभोग्य सामाग्री दुवानी गर्न र मानिसहरु आवतजावत गर्न कठिनाई मात्र भएको छैन । सडकमै बिरामीको बिचल्ली सम्म हुने गरेको पाख्रिबास नगरपालिका मेयर बिर्ख बहादुर राई बताउनु हुन्छ ।

त्यसो त पानी परेर सडक हिलाम्य भएको अबस्थामा हिले देखि पाख्रीबास सम्मको मात्र पाच किलोमिटर सडक पार गर्न मालबाहक सबारीसाधनलाइ एक दिननै लाग्ने गरेको यातायात चालकसुमन तामाङ्गको भनाइ छ । बिहान पाख्रीबास बाट हिडेको गाडी पााच छ ठाँउ फस्छ जसलाइ निकाल्ला दिन बित्ने गरेको छ । फसेका सवारीसाधन निकाल्न पाख्रिबास नगरपालिकाको स्काभेटरले सहयोग गर्ने गरेको छ ।

करिब ३८ करोड २३ लाख रुपैयाको लगानीमा सडक निर्माणको ठेक्का लिएको कञ्चनजंघा कन्स्ट्रक्सनले १३ किलोमिटर सडकका केही स्थानहरुमा कल्भर्ड र नाली मात्र निर्माण गरेको छ । यो अबधिमा ६५ प्रतिसत मात्र काम सम्पन्न भएको छ । तर हाल सम्म रकम भने २८ करोड २८ लाख रुपैया भन्दा बढि रकम निकासा भइसकेको छ । समयमै काम सक्न ठेकेदार कम्पनीलाइ पटक पटक कागत गराए पनि काम नगरेको धनकुटाका संघिय सभा सदस्य राजेन्द्र राइ बताउनु हुन्छ ।

यो सडक धनकुटा मात्र नभइ संखुवासभा तथा भोजपुर पुग्ने एक मात्र सडक हो । सडक अलपत्र हुदा बर्खाको समयमा आबतजाबत गर्न तथा उपाचारको लागि बिरामी अस्पताल सम्म पुर्याउन निक्कै सास्ती खप्नुपर्ने अबस्था छ । यस्तोमा सरोकारबाला निकायले यो सडक निर्माण प्रति चासो दिन आबश्यक छ ।

https://youtu.be/8K5GsYESlQs

 

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button