खेलकुदस्थानिय समाचार

पाख्रीबास नगरमै पहिलो पल्ट महिला तथा पुरुष दौडको आयोजना

पाख्रीबास,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामै पहिलो पल्ट महिला तथा पुरुषहरुको लागि पाख्रीबास युथ युनाइटेडको आयोजनामा ६ किलोमिटरको दौड प्रतियोगिता हुने भएको छ ।

आगामी माघ २४ गते शनिबारका दिन बिहान ८ बजेबाट सुरु हुने उक्त प्रतियोगितामा महिला र पुरुष तर्फ बेग्ला बेग्लै प्रथम,देस्रो र तेस्रो हुनेहरुलाई नगद,मेडल तथा प्रमाणपत्र प्रदान गरिने पाख्रीबास युथ युनाइटेडका गने गुरुंगले बताउनु भयो ।

प्रतियोगिताको लागि बाटो पाख्रीबास बजार स्थित गुम्बाबाट सुरु भइ मुगाखोला जाने र त्यहॉंबाट तल्लो बाटो कृषि अनुसन्धान केन्द्र हुंदै पु:न बजारको मुख्य चोकमा आएर सकिने छ ।

पहिलो पल्ट आयोजना हुन गइरहेको यस प्रतियोगितामा सम्पूर्ण नगरबासीहरुलाई सहभागिताको लागि पनि युथ युनाइटेडले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

Back to top button