खेलकुद

तेस्रो पाख्रीबास मेयर कप फुटबलको उपाधि वडा ९ लाई

शर्मिला राई,धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ७ जलदेवी खेल मैदानमा सञ्चालित वडा स्तरिय तेश्रो मेयरकप फुटवल प्रतियोगिताको जित पाख्रीवास ९ ले हात पारेको छ । आज भएको फाईनलमा वडा नं ८ सँग भिडेको उस्ले ० को विरुद्ध १ गोल हान्दै जित हात पारेको हो ।

९ नं वडाको जितका लागि सेकेण्ड हाफको करिव ३० मिनेट जाँदा वडा नं ९ का खेलाडी लिल वहादुर मगरले १ गोलको योगदान गरेका थिए । जित सँगै उस्ले नगद रु १ लाख ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ भने दोश्रो स्थानमा चित्त वुझाएको वडा नं ८ ले नगद ७५ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिता अन्र्तगत सर्वाधिक गोलकर्ता वडा नं ९ कै लिल वहादुर मगर सर्वाधिक गोलकर्ता, वडा नं ८ का आयुष राई उत्कृष्ठ गोल किपर, वडा नं ८ कै विकास राई वेष्ट डिफेण्डर, वडा नं २ का विकास गाम्छाकी उदयमान खेलाडी र उत्कृष्ठ स्टाईकर वडा नं ९ का अरुण घिसिङ्ग घोषित भएको प्रतियोगिता संयोजक तथा ८ नं वडाध्यक्ष सिताराम राईले जानकारी दिनुभयो । उनिहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार वितरण गरिएको छ ।

नकआउट चरणमा भएको मेयरकप फुटवल प्रतियोगिताको विजयी समूह र खेलाडीहरुलाई पूर्व संषद राजेन्द्र कुमार राई,पाख्रीवास नगरपालिका प्रमुख वृष वहादुर राई लगायतले पुरस्कार वितरण गरेका थिए । पाख्रीवास नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता समापन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधि सहित विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिती थियो ।

Back to top button