स्थानिय समाचार

प्रअ राईको निधन, पाख्रीबास नगरपालिका भित्रका सबै सामुदायिक बिद्यालयहरु भोलि बन्द

पाख्रीबास,धनकुटा । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका भित्र सन्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरुमा भोलि बिदा दिइएको छ ।

पाख्रीबास नपा ८ निवासी श्री महेन्द्र आधारभूत बिद्यालयका प्रधानाध्यापक छत्र बहादुर राईको हिजो निधन भएपछि वहॉंको स्मरण गर्दै शोक स्वरुप उक्त निर्णय गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन पाख्रीबास नगर समिति अध्यक्ष तथा राम माबि मुगाका प्रअ मान बहादुर राईले जानकारी दिनु भयो ।

निकै लामो समयदेखि ब्ल ड प्रे शरको रो गबाट पी डित राईको हिजै मात्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले डिस्चार्ज दिएपछि घर ल्याइएको र रातको ११ बजेतिर पु:न रोगले च्यापेपछि वहॉंको निधन भएको पाख्रीबास नपा ८ का वडा अध्यक्ष तथा उक्त बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष सिताराम राईले बताउनु भयो ।

वहॉंको परिवारमा श्रीमति,२ छोरा र ४ छोरी रहेका छन् ।

सम्बन्धित समाचार

Back to top button