स्थानिय समाचार
पाख्रीबासमा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतनामूलक बोर्ड

पाख्रीबास,धनकुटा । प्राय दैनिक जस्तो हुने सवारी दु’र्घटना र हुने क्ष’तिबारे सवारी चालकलाई सचेत गराउने उद्देश्य सहित पाख्रीबास नगरपालिकाको वडा नम्बर ४ क्षेत्रमा विभिन्न जनचेतनामूलक बोर्डहरु राखिएको छ ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट पाख्रीबासको पहलमा उक्त बोर्डहरु राखिएको हो ।
उक्त बोर्डहरु पाख्रीबास नपा ४ नम्बर वडा कार्यालयबाट ४,ट्याक्सी ब्यवसायी संघ,पाख्रीबासबाट २ र स्थानिय व्यवसायी सन्तोष मानन्धरबाट २ गरि जम्मा ८ वटा उक्त सचेतनामूलक बोर्डहरु सहयोग स्वरुप प्राप्त भएको जनाएको छ ।
उक्त अवसरमा ट्राफिक पोष्टका पदाधिकारी लगायत पाख्रीबास नपा-४ का वडा अध्यक्ष शोवित निरौला,वडा सचिव सन्जय राई,ब्यवसायी मानन्धर र स्थानियको उपस्थिति रहेको थियो ।