स्थानिय समाचार

धनकुटा पाख्रीबास नगरपालिका ४ का वडा अध्यक्ष प्रचण्ड-नेपालको पक्षमा

पाख्रीबास,धनकुटा । नेकपाको केन्द्रमा चलिरहेको आन्तरिक द्व न्दको परिणाम प्रदेश हुंदै स्थानिय तहसम्म आइपुगेको छ । यस संगै पाख्रीबास नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शोवित निरौला प्रचण्ड-नेपालको पक्षमा खुलेर आएका छन् ।

स्थानिय तहको सरकारमा आफुलाई जनताले भरोसा,बिश्वास गरेर जिताएको साढे तीन बर्ष हुंदा पनि नगरपालिकाबाट आफुले सहयोग नपाएकोले भनेजस्तो काम गर्न नसकेको वहॉंको दुखेसो छ ।

नपाबाट आफुलाई विभिन्न घेराबन्दीमा पारेर आफुले गर्न चाहेको कामहरु पुरा गर्न नसकेको निरौला बताउनु हुन्छ । केन्द्रको जस्तै स्थानिय तहमा पनि आफुलाई विभिन्न कामबाट बन्चित गरिएको र पदिय जिम्मेवारी तह तल पारिएको भन्दै वडा समितिलाई नै समेत भंग गर्न मिल्छ भने जनताले ५ बर्षका लागि प्रतिनिधिको रुपमा निर्वाचित गरिसकेपछि त्यसको सदुपयोग गर्न आफु लागि परेपनि आफुलाई त्यस अनुसार गर्न नदिएपछि आफुले यो निर्णय लिएको निरौलाले बताए ।

आफ्नै वडामा भइरहेका कार्यहरुमा अर्कै वडाको अध्यक्षलाई संयोजक दिइएको तर आफु जस्तो सुकै चुनौतिहरुको सामना गर्दै प्रतिगमनको आन्दोलनमा उभिरहने प्रतिबद्दता ब्यक्त गर्नु भयो साथै आफुले पाएको असहज परिस्थिति र चुनौतीहरुका बारेमा चॉंडै पत्रकार सम्मेलन गरि सबै जनतालाई सु-सुचित गराउने वहॉंले बताउनु भयो ।

साथै नपा का २ जना वडा अध्यक्ष र नगरभरिका ५ सदस्य पनि चॉंडै आफुले गरेको निर्णयमा सहमति गर्दै यस पक्षमा उभिने पनि वहॉंको जिकिर छ । यस सम्बन्धमा वहॉंहरुसंग आन्तरिक छलफल भइरहेको र सर्बोच्चको आदेश पनि पर्खिरहेको बताउनु भयो ।

नपाका प्रमुख र उपप्रमुख ओली पक्षमा खुलिसक्नु हुंदा तपाईको किन यस्तो निर्णय भन्ने प्रश्नमा निरौलाले भने – नपा प्रमुखले हामी सबै ओली पक्षमा लाग्नु पर्छ भन्ने ह्वीप जारी गर्नु भएको बताउनु भयो ।

यस बिषयमा थप जानकारीका लागि नपा प्रमुख बिर्ष बहादुर राई को अफिसियल नम्बरमा सम्पर्क गर्दा फोन बन्द रहेको र अन्य कुनै ब्यक्तिगत नम्बरमा सम्पर्क गर्नको लागि सुचना अधिकारी किरण राई संग सम्पर्क गर्दा वहॉंले फोन नउठाएपछि नपा प्रमुख राईको आधिकारिक धारणा बुझ्न सकिएन ।

सम्बन्धित समाचार

Back to top button