स्थानिय समाचार

जालपादेबी माबि पाख्रीबास,धनकुटाका पूर्ब प्रअ भट्टराई दम्पत्तीलाई कोरोना संक्रमण

धनकुटा । धनकुटाको जालपादेबी माबिमा लामो समय प्राध्यपन संगै प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका गोपाल भट्टराई र वहॉंका धर्मपत्नी दुर्गा कार्कीलाई कोरोना संक्रमण भएको छ ।

भट्टराईले आफ्नो फेसबुक स्ट्याटसमा लेख्दै भनेका छन् : विश्व महामारीबाट जति सुकै सजगता अवलम्बन गरेपनि जोगिन सकिएन हाम्रो जोडी ।

धनकुटा खबरले भट्टराई सरलाई सम्पर्क गर्दा ६/७ दिन अघिबाट रुघाखोकी लागेपछि आज कोरोना जॉंच गर्दा परिणाम पोजेटिभ आएको तर अहिले दुबैको स्वास्थ्यमा कुनै त्यस्तो नभइ सामान्य रहेको बताउनु भयो ।

 

सम्बन्धित समाचार

Back to top button