साहित्य

साहित्यकार चकेन्द्र राईको उपन्यास कृति ‘ट्रान्जिट’ बजारमा

धनकुटा । साहित्य जो आफ्नै जीवन संग गॉंसिएको हुन्छ,आफैलाई छोइरहेको हुन्छ । हुनत नेपाली साहित्यलाई यो स्थान सम्म ल्याउनमा धेरैको योगदान छ तर समाचारले स्थान नपाएर हुनसक्छ आदिबासी जनजातिबाट औंलामा गन्न सकिने संख्याका साहित्यकारहरु मात्रै नेपाली साहित्यिक आकाशमा छाएका छन् ।

धेरै समय भयो वहॉंका लेख,रचनाहरु विविध पत्रिका,मिडियाबाट समाजलाई उत्प्रेरित बनाउंदै प्रकाशनमा आए र धेरैको मन पनि जित्न सफल हुनुभयो । उनै साहित्यकार धनकुटाको पाख्रीबास निबासी चकेन्द्र राईको उपन्यास ‘ट्रान्जिट’ भर्खरै बजारमा आएको छ ।

सइ प्रकाशन,पाख्रीबास धनकुटाले प्रकाशन गरेको यस उपन्यासको आवरण टाइम्स क्रियसनको रहेको छ भने मूल्य रु.३५०/- रहेको छ ।

२०३ पृष्ठको यस उपन्यासमा पत्रकार होम कार्कीले लेखेका छन् – मैले लेखक चकेन्द्र राईलाई कतारमा भेटेको हुं । उनी उनन्पचास डिग्रीको तापक्रममा पग्लेनन् ।बरु लेखनमा फक्रिने मौका पाए । कठिन श्रममा फसेका बेला आफ्नो कस्तूरी पत्ता लगाउन खाडीबाट उम्रिए र ट्रान्जिट ल्याए ।

त्यसैगरि लेखक दीप्स शाहले लेखेका छन् – नेपाली आख्यान आकाशमा थपिंदै गरेको अर्को तारा हो -ट्रान्जिट । बैदेशिक रोजगारीको अपरिहार्यतासंगै उब्जिएका सबै प्रेम र सम्बन्धले पैसा र क्षणिक स्वार्थ मात्रै हेर्दैनन् भन्ने सकरात्मक दृष्टान्त प्रस्तुत गर्न ट्रान्जिट ले पाठकको मनमा राज गर्न सक्नेछ ।

आख्यानकार श्याम सिंघक लेख्छन् – परदेशमा गरिने भयानक संघर्ष र दु:ख रेमिट्यान्स पठाउनेहरुको साझा गवाही हुन् तथापि बैदेशिक रोजगारी बहुसंख्याक नेपाली युवाको ट्रान्जिट बनेको छ,आफुले सोचेको सुनौलो गन्तब्यमा पुग्नका लागि ।

Back to top button