स्थानिय समाचार

पाख्रीवासमा रेडियो बरुणको परिक्षण प्रसारण शूरु

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा स्थापित रेडियो बरुण १०७ मेगाहर्जले आजबाट आफ्नो परिक्षण प्रसारण शूरु गरेको छ ।

सामुदायिक सेवा केन्द्र नेपाल धनकुटाद्धारा सञ्चालित यो रेडियोले एक औपचारिक कार्यक्रमको आयोजना गरि विधिवत रुपमा आफ्नो परिक्षण प्रशारण शूरु भएको जानकारी गराएको हो ।

पाख्रीवास नगरपालिकाका प्रमुख वृष वहादुर राईको प्रमुख आतिथ्य तथा सामुदायिक सेवा केन्द्र नेपाल धनकुटाका अध्यक्ष शोभिष चेम्जोङको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वोल्दै सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय उपाध्यक्ष अर्जुन राईले समाज रुपान्तरणका लागि वृहत छलफल तथा वहसका कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय पत्रकारहरुले आश्वयक वियष वस्तुको उठान गर्न र त्यस प्रति सम्वन्धित व्यक्ति वा संस्थालाई प्रश्न गर्ने, उत्तर खोज्ने जस्ता काम नै छोडिसकेको टिप्पणी गर्नुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले देशमा राजनीतिक परिर्वतन देखी यसअघिका विभिन्न शासन व्यवस्था परिवर्तन गर्दै लोकतान्त्रि व्यवस्था ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गराउदै यहाँ स्पापित रेडियोले जिल्लाको विकासमा विशेष भूमिका खेल्नु पर्ने वताउनुभयो ।

त्यस्तै नगर प्रमुख राईले यो रेडियोलाई स्थापित गर्न नगरको तर्फबाट आवश्यक्ता अनुसारको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख देवकला पौडेल तिम्सिनाले यहाँ रेडियो स्थापना हुनुनै ऐतिहासिक कुरा भएको भन्द्र यो रेडियोले यहाँ भएका सूचना सम्प्रेणमा थप सहज हुने वताउनुभयो ।

कार्यक्रममा कार्यपालिकाका सम्पूर्ण सदस्य, वडाका वडाध्यक्ष, रानीतिक दलका प्रमुख एवम् प्रतिनीधि,शिक्षक,वद्धीजीवि र सञ्चारकर्मीहरुले आ आफ्नो तर्फबाट रेडियोको उन्नतीको कामना गरेका थिए । कार्यक्रममा रेडियो वरुणको स्टेशन आईडीको रचना पत्रकार रमेश चन्द्र अधिकारीले गर्नुभएको जानकारी दिईएको थियो ।यसको संगित मनोज राईले गर्नुभएको छ ।

कार्यक्रमको सञ्चालन नेपाल कम्युनिष्ट पाटी नेकपाका पाख्रीवास नगर अध्यक्ष तथा रेडियो सञ्चालक समितिका शान्तिराम गौतमले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button