स्थानिय समाचार

भेडेटार बजारमा जेब्रा क्रस निर्माण सुरु

धनकुटा,८ पुष । प्रदेश न १ कै चर्चित पर्यटकीय क्षेत्रको रुपमा रहेको धनकुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटार घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटक र स्थानीय वासिन्दालाई पैदल यात्रा गर्दा सहज होस् भन्ने उद्देश्यले साँगुरीगढी गाउँपालिकाको सहयोगमा भेडेटार बजारमा जेब्रा क्रस निर्माण सुरु गरिएको छ ।

घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुले बाटो क्रस गर्दा हुन सक्ने दुर्घटना लाई ध्यान दिदै बजार क्षेत्रमा जेब्रा क्रस निर्माण थालिएको र यसले सुरक्षित यात्रा गर्न मदत पुग्ने गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनु भयो ।

अंग्रेजी नयाँ बर्षमा भेडेटार घुम्न आउँने पर्यटकको संख्या समेत अन्य तुलनामा बढी हुने गर्दछ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button