खेलकुद

छथरजोरपाटी गाउँपालिकामा भोलिबाट अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने

धनकुटा, ८ पुष । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा भोलीबाट अन्तरपालिका कर्मचारी स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।

छथरजोरपाटी गाउँपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा धनकु्टाका छ स्थानियतहका एक एक टिम र आयोजक पालिकाका दुई टोली बिच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५५ हजार ५ सय ५५ मेलड र प्रमाणपत्र प्राप्त गर्ने छ ।

त्यस्तै दोस्रो स्थान हाँसिल गर्ने टोलीले नगद ३३ हजार ३ सय ३३ मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने सर्वाधिक गोलकर्ताले कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेल नकआउट प्रतिस्पर्धाका आधारमा हुने छ भने खेलको फाइनल खेल पुष १० गते हुने र छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाको प्रमुख आतिथ्यतामा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

खेल छथरजोरपाटी गाउँपालिकाको वडा न ६ मा रहेको खेल मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button