स्थानिय समाचार

पाख्रीवास नगरपालिका क्षेत्रका विद्यालयहरु पनि सञ्चालन हुंदै

आश्विन ८ ,धनकुटा । कोरोना महामारी नियन्त्रणका लागि आह्वान गरिएको लकडाउनका कारण लामो समयदेखी वन्द रहेका शैक्षिक संस्थाहरु क्रमश सञ्चालनमा आउन थालेकाछन् ।

झण्डै ६ महिना देखी वन्द रहेका शैक्षिक संस्थाहरु सूरक्षात्मक मापदण्ड अपनाएर सञ्चालन गर्ने सरकारको निर्णय अनुसार विद्यलयहरु खुल्न थालेका हुन् । सोही अनुसार धनकुटाको पाख्रीवास नगरपालिका क्षेत्रका विद्यालयहरु पनि सञ्चालनमा आउन थालेका छन् ।

यहाँका ३२ सामुदायिक र ५ संस्थागत विद्यालयहरु मध्ये अधिकांश विद्यालयमा विगत एक हप्ता देखी सामाजिक दूरी कायम गरि विहान ६ देखी १० वजे, विहान साढे १० देखी दिउँसो १ वजे र दिउँसो साढे १ देखी ४ वजे सम्म तीन सिफ्टमा विद्यार्थी विभिाजन गरि अध्ययन अध्यापन सुचारु गरिएको पाख्रीवास नगरपालिका प्रमुख वृष वहादुर राईले वताउनुभयो ।

विद्यालय सञ्चालनको विषयमा नगर कार्यपालिका,नगरको शिक्षा शाखा तथा सूरक्षा निकाय वीच गरिएको छलफल एवम् वैठक पछि विद्यालयहरु सञ्चालन गर्न थालिएको उहाँले वताउनुभयो । नगर कार्यपालिकाको वैठकले विद्यार्थी र शिक्षकहरुको स्वास्थ्य सूरक्षाका लागि विद्यालयहरुलाई कपडाको ५ हजार मास्क उपलव्ध गराउने र अभिभावकहरुलाई पनि अनुरोध गर्ने निर्णय गरेको छ ।

विद्यार्थी संख्या वढी भएका र खुल्न बाँकी रहेका विद्यालयहरुमा थप आवश्यक व्यवस्थापन मिलाई पठनपाठन चाडै सुचारु हुने नगरकार्यपालिकाले जनाएको छ । यहाँका सामुदायिक र संस्थागत जम्मा ३७ वटा विद्यालयहरुमा करिव ३२ सय वढी विद्यार्थी अध्ययनरतछन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button