स्थानिय समाचार
पाख्रीवास नगरपालिका ७ मुगामा भत्कियो एक घर
पाख्रीबास,धनकुटा । वर्षातका कारण धनकुटाको पाख्रीवास नगरपालिका ७ मुगामा एक व्यक्तिको घर भ’त्किएको छ ।
त्यहाँका गणेश वहदुर थापाका छोरा रत्न बहादुर थापाको ढुंगा,माटोले वनेको छाना टिन भएको तीन तले घरको माथिल्लो पट्टिको भाग हिजो विहान १० वजेतिर पुरै भत्किएको स्थानिय दूर्गा प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
घटना स्थलको अहिले ७ नं वडाध्यक्ष फडिन्द्र तामाङ, वडा सदस्य चन्द्र वहादुर तामाङ सहित स्थानियले अवलोकन गरेको उहाँले वताउनुभयो । घर भत्किएपछि तीन जनाको परिवार अहिले गोठमा वसिरहेका छन् ।