खेलकुद

पाख्रीवास ४ लाई दोस्रो मेयर कप फुटवलको उपाधि

धनकुटा। धनकुटाको पाख्रीवासमा सञ्चालित अन्तर वडास्तरिय दोश्रो मेयर कप फुटवल प्रतियोगिताको जित पाख्रीवास ४ ले हात पारेको छ । आज भएको फाईनलमा पाख्रीवास ८ सँग भिडको उस्ले ०-१ गोलको अन्तरले कठिन जित हात पारेको हो ।

वडा नं ४ को जितका लागि वडा नं ४ का जर्सी नं ११ का खेलाडी विनोद वुडाथोकीले १ गोलको योगदान गरेका थिए । जित सँगै उस्ले नगद १ लाख ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ भने उपविजेतामा चित्त वुझाएको वडा नं ८ ले नगद रु ७५ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाण पत्रमा पुरस्कार पाएको छ ।

यसैवीच संघिय सांषद राजेन्द्र कुमार राईले पाख्रीवासलाई स्मार्ट शहर वनाउने क्रममा आफुहरु लागिरहेको वताउनुभएको छ । दोश्रो मेयरकप फुटवल प्रतियोगिता समापन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले त्यस्तो वताउनुभएको हो ।

नगर प्रमुख वृष वहादुर राईको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वोल्दै सांषद राईले केही समयपछि जाल्पादेवी खेल मैदान संघिय सरकारको वजेट मार्फत ऐतिहाँसिक रंगशालाको रुपमा विकास हुने जानकारी गराउनुभयो । जसका लागि वजेट समेत चाँडै विनियोजन हुने र अन्य विकास निर्माणका काम समेत भईरहेको वताउनुभयो । यसरी जनताको जिविका निर्वाहका लागि सरकार लागिरहेको भन्दै उहाँले सरकारलाई साथ दिन आग्रह गर्नुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गरी गत माघ २४ गतेदेखी सञ्चालित यो प्रतियोगिता समापन हुनुअघि आज दिउँसो राष्ट्रिय कलाकारहरु शम्भु राई र गंगा गौतमले चिठ्ठी तिमीलाई लेखुँ भन्छु, थुन्चेको भारी विसाउदै, आलु दम चना, घर त हिले हो, झम्के फुली नाकैमा वुलाकी, चेप्टे चेप्टे पेरेङ्गो, यो मन लगेउ नि चोरी लगायतका गीत गाएर संगितिक मनोरञ्जन प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button