स्थानिय समाचार

धनकुटाका विभिन्न ठाउंमा यसरी मनाइयो उधौली र ल्होसार

धनकुटा । नेपालमा वसोवास गर्ने विभिन्न जातजातीहरुले आज आ-आफ्नो संस्कृति अनुसारका चाड पर्वहरु मनाएका छन् । जसअनुसार आदिवासी जनजाति किराँत राई, लिम्बु, याक्खा र सुनुवारहरुले आ-आफ्नो संस्कार संस्कृति अनुसार साकेला उद्यौली, चासोक तङनाम, चासुवा र फोलस्यादर ३७९९ मनाएका छन् ।

हरेक वर्षको मसिंर पूर्णिमाका दिन किराँत राईहरुले मनाउने उधौली पर्वको अवसरमा आज धनकुटा ६ को राई कुवा टोलमा नयाँ वाली भित्र्याईएको खुशीयालीमा भुमीको पूजाआराधना गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ धनकुटा र नेपाल किरात राई साकेला पार्क माङखीम संरक्षण समितिका अध्यक्ष सञ्जय सन्तोषी राईको संयोजकत्वमा सञ्चालित पूजाआराधना कार्यमा आ-आफ्नो साँस्कतिक भेषभूषामा उपस्थित किराँतीहरुले एकअर्का वीच शूभकामना आदान प्रदान समेत गरेका थिए ।

किराँतहरुको महान चाड साकेलाको उधौली र उधौंली मध्ये आज उनिहरुले उधौलि पर्व मनाएका हुन् । उभौली पर्व वैशाख पूर्णिमाको दिन मनाउने गरिन्छ । त्यस्तै गरी गुरुङ समुदायको वाहुल्यता रहेको पाख्रीवास नगरपालिकामा आज यो समुदायले तमु ल्होसार “नयाँ वर्ष” मनाएको छ ।

पाख्रीवासको वौद्ध गुम्वामा साधारण तवरले पूजाआराधना गर्दै गुरुङ समुदायले ल्होसार मनाएका हुन् । कोरोना महामारीको समस्यालाई ध्यान दिदै यो वर्ष सामान्य तरिकाले मात्र ल्होसार मनाइएको स्थानिय निरोज गुरुङले वताउनुभयो । त्यस्तैगरी विभिन्न प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले पनि आजै योमरि पुन्हि पर्व मनाएका छन् ।

सम्बन्धित समाचार

Back to top button