स्थानिय समाचार

नि:शुल्क पशु स्वास्थ्य सिविर सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा निशुल्क पशु स्वास्थ्य सिविर सम्पन्न भएको छ । पाख्रिबास नगरपालिकाको वडा नं ६ र ८ मा आज हिजो दुइदिन सञ्चालनगरेको सिविरमा गाई,भैसी, बाखा , कुखुरा ,सुङगुर लगायत गरी ४३ हजार ८ सय २१ पशुपन्छिको उपचार गरिएको छ ।

त्यस्तै पशु बन्ध्याकरण तथा अपरेशन बोका कुखुरा १० , २२ वटा गोबरको परिक्षण गरिनुका साथै १ हजार २ सय ३० जना कृषकलाई प्राबिधिक परामर्श दिईएको पशु सेवा साखा प्रमुख गोरख बहादुर तामाङले बताउनु भयो । सिविरमा १ सय १९ घरधुरी कृषक लाभान्वित भएको पशु साखा कार्यलयले जनाएको छ ।

प्राबिधिकबाट टाढा रहेका कृषकहरुलाई स्वस्थ्य पशु पालन गरी स्वछ पशु जन्य पदार्थ दुध ,फुल र मासु उत्पादनमा प्राबिधिक परामर्श दिई जन चेतना जगाउने उद्देश्यले सञ्चालन गरिएको सिविरमा ११ जना पशु प्रबिधिकहरुले सेवा दिएका थिए । शिविर उद्घाटन कार्यक्रम पशु सेवा साखा प्रमुख गोरख बहादुर तामाङ को अध्यक्षता तथा नगरका उपमेयर देबकला पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

त्यस्तै गरी वडा अध्यक्षहरु दल बहादुर तामाङ र सिता राम राईको विशेष आतिथ्य रहेको कार्यक्रममा सामाजसेवि ,बुद्धिजिवि, राजनैतिकदलका प्रमुखहरु र व्यवसायिक कृषकहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

Back to top button