स्थानिय समाचार

तेक्वान्दो दोजाङ पाख्रीवासलाई विभिन्न आवश्यक सामाग्री प्रदान

धनकुटा,माघ १३ । धनकुटाको पाख्रीवास नगरपालिका ४ नं वडाले तेक्वान्दो दोजाङ पाख्रीवासलाई विभिन्न आवश्यक सामाग्री प्रदान गरेको छ ।

तेक्वान्दो सिकिरहेका खेलाडीहरुलाई सहज होस् भन्ने लक्षका साथ वडाको तर्फबाट ५० हजार वरावरको चेसकभर, कि प्याड, पञ्जिङ प्याड, पञ्जिङ व्याड लगायतका सामाग्री प्रदान गरिएको ४ नं वडाध्यक्ष सोवित निरौलाले जानकारी दिनुभयो । ती सामाग्री प्रशिक्षक सन्देश तामाङलाई वडाध्यक्ष निरौलाले हस्तान्तरण गर्नुभएको थियो । खेलाडीहरुका लागि आवश्यक सामाग्री पाएसँगै आफुहरुलाई थप राहत मिलेको प्रशिक्षक तामाङले वताउनुभयो ।

हाल २४ जनाले तेक्वान्दो सिक्दै गरेको उहाँले वताउनुभयो ।

सम्बन्धित समाचार

Back to top button