स्थानिय समाचार

पाख्रीबासमा एक बर्ष अगाडि सुरु गरिएको निशुल्क वाइफाई सेवा अवरुद्द

पाख्रीबास,धनकुटा । नगरबासी सन्चार पहुंच कार्यक्रम अन्तर्गत करिब एक बर्ष अगाडि पाख्रीबास नगरपालिकाको वडा ४ को मुख्य बजार क्षेत्र चोकमा सुरु गरिएको निशुल्क वाइफाइ सेवा विगत एक हप्तादेखि अवरुद्द भएको छ ।

बजार क्षेत्रमा आउने आगन्तुक पाहुना तथा गाडीमा यात्राको लागि प्रतिक्षामा रहेकाहरुलाई लक्षित गर्दै सुरु गरिएको उक्त सेवा अवरुद्द भएपछि सम्बन्धित सेवा प्रदायक कम्पनीका पाख्रीबास इन्चार्ज देव कुमार गुरुंग संग सम्पर्क गर्दा करिब ८/९ महिनाको बॉंकी रकमको बक्यौता नपाले भुक्तानी नगरेपछि आफुले लाइन काटिदिएको बताउनु भयो । लाइन काटिएपछि मात्रै बॉंकी रकम भुक्तानी भएको जानकारी दिनु भयो ।

सो बिषयमा नपाका सुचना अधिकारी किरण राई संग बुझ्न खोज्दा कार्तिकमा नपाका प्रशासकिय अधिकृत डिक बहादुर राईलाई कोरोना संक्रमण भएपछि बिल भुक्तानीमा केही ढिलाई भएको तर अहिले सम्पूर्ण बॉंकी रकम भुक्तानी गरि सकिएको जानकारी दिनु भयो ।

उक्त सेवा पुन: चॉंडै सुचारु गर्नका लागि नेपाल टेलिकम,हिले संग सहकार्य भइरहेको र कर्मचारीहरु आएर काम सुरु गरिसकेपछि उक्त कर्मचारीहरु अचानक भोजपुर जानु परेकोले केही काम बॉंकी रहेको बताउनु भयो । उक्त कर्मचारीहरु फर्किन साथ काम पुरा गरि केही दिन भित्रै सेवा सुचारु गरिने पनि  राईले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

Back to top button