स्थानिय समाचार

पूर्व शिक्षक राईको निधनमा आज जालपादेवी माबिमा शोक बिदा

पाख्रिबास,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा ३ घर भइ जालपादेवी माबि पाख्रीबास-४ मा लामो समयसम्म प्राध्यपन पेशामा संग्लग्न पूर्ब शिक्षक मनोज कुमार राईको हिजो निधन भएको छ ।

विगत लामो समयदेखि सुगर रोगबाट ग्रसित राईलाई बिरामीले च्यापेपछि धनकुटा अस्पताल लगिएको र त्यहॉं उपचार सम्भव नहुने भएकोले विराटनगर रिफर गरिएको थियो । त्यहॉं भेन्टिलेटरमा राखेर उपचार गराउंदा गराउंदै वहॉंको निधन भएको हो ।

आफ्नो पूर्ब शिक्षकको निधनबाट सम्पूर्ण बिद्यालय परिवार नै स्तब्ध र शोकाकुल भएको भन्दै बिद्यालयले सुचना प्रकाशित गरेर आज एक दिनको लागि सम्पूर्ण पठनपाठन बन्द गरिने जानकारी दिएको छ ।

शोक विज्ञाप्ति तथा सुचना जस्ताको तस्तै

यस बिद्यालयमा मिति २०४६/०२/ १५ देखि अनवरत रुपमा माध्यमिक अंग्रेजी शिक्षकको रुपमा कार्यरत रही २०७५/१२/१२ बाट अवकाशप्राप्त अत्यन्तै मिलनसार भूपु शिक्षक मनोज कुमार राईको २०७७/८/ ९ गतेका दिन असमायिक एवं अकल्पनिय निधनले सिंगो बिद्यालय स्तब्ध भएको यस घडीमा उहॉंले यस बिद्यालयको अंग्रेजी शिक्षकको अभावलाई आफ्नो अमूल्य समय प्रदान गरि यस क्षेत्रको सेवामा लगाइदिनु भइ बिद्यालयको शैक्षिक गुणस्तर बिकासमा टेवा पुराउनु भएकोले वहॉंको सम्मानमा आज मिति २०७७/८/१० गतेका दिन शोक विदा दिने निर्णय भएकोले आजको पठनपाठन कार्यलाई बन्द गरिएको छ ।भोलि मिति २०७७/८/११ गतेबाट नियमित रुपमा बिद्यालय संचालन हुने ब्यहोरा सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।

सम्बन्धित समाचार

Back to top button