स्थानिय समाचार

जालपादेवी माबि पाख्रीबासका पूर्ब शिक्षक राईको निधन

पाख्रीबास,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा ३ घर भइ जालपादेवी माबि पाख्रीबास-४ मा लामो समयसम्म प्राध्यपन पेशामा संग्लग्न पूर्ब शिक्षक मनोज कुमार राईको निधन भएको छ ।

विगत लामो समयदेखि सुगर रोगबाट ग्रसित राईलाई बिरामीले च्यापेपछि धनकुटा अस्पताल लगिएको र त्यहॉं उपचार सम्भव नहुने भएकोले विराटनगर रिफर गरिएको थियो । त्यहॉं भेन्टिलेटरमा राखेर उपचार गराउंदा गराउंदै वहॉंको निधन भएको हो ।

जालपादेवी माबिमा करिब २६ बर्ष सामो प्राध्यपन गर्नु भएका राईको निधनले एउटा इमानदार आफ्नो बिद्यार्थी र सहपाठी शिक्षकको निधनले आफु पनि स्तब्ध भएको उक्त माबिका पूर्ब प्रअ गोपाल भट्टराईले बताउनु भयो ।

त्यसैगरि उक्त माबिका बिब्यास अध्यक्ष तथा पाख्रीबास नपा ४ का वडा अध्यक्ष सोवित निरौलाले पनि एक कर्तब्यनिष्ठ,आफ्नो सम्पूर्ण जिवन शिक्षण पेशामै समर्पित अनि सबै बिद्यार्थी आंखामा राख्दा नबिझाउने साथै म लगायतकालाई शिक्षा दिनु भएका राईको निधनले यस क्षेत्रको शिक्षा क्षेत्रलाई नै क्षति पुराएको भन्दै शोक ब्यक्त गरेका छन् ।

राईको आजै अन्त्यष्टि गरिने छिमेकी तथा शितलादेवी माबिका शिक्षक समन श्रेष्ठले जानकारी दिनु भयो ।

राईको परिवारमा श्रीमति,१ छोरा र २ छोरी रहेका छन् ।

सम्बन्धित समाचार

Back to top button