स्थानिय समाचार

पाख्रीवासमा ३७ वटा योजनाको काम सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा सञ्चालित नगर स्तरिय योजनाहरु मध्ये ३७ वटा योजनाको काम सम्पन्न भएका छन् । चालु आर्थिक वर्षको ५५ वटा नगर स्तरिय योजना मध्ये उल्लेखित संख्याका योजनाको काम पूरा भएको नगरको योजना शाखाले जनाएको छ ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को सं,क्रमण नि,यन्त्र,णका लागि सरकारले आह्वान गरेको लकडाउनको समयमा सामाजिक दूरी कायम गरि अन्य दूई वटा योजनाको काम चालु रहेको योजना शाखा अधिकृत संगिता पोखरेलले वताउनुभयो ।

त्यस्तैगरी १ सय ५८ वटा वडा स्तरिय योजनाहरु मध्ये ९६ वटा योजनाको पनि काम पूरा भएको छ भने १५ वटा योजनाको काम जारी रहेको जनाईएको छ । यता संषद विकास कोषवाट सञ्चालित ११ वटा योजनाको काम सम्झौता भई चालु रहेको योजना शाखा अधिकृत पोखरेलले वताउनुभयो ।

नगरवाट सञ्चालित बाँकी तालिम, गोष्ठि जस्ता कार्यक्रमहरु यस वर्ष सञ्चालन नहुने उहाँले वताउनुभयो । यी कार्यक्रमका लागि विनियोजित वजेट कोरोना राहत कोषमा जम्मा गर्ने तयारी गरिएको पनि उहाँले वताउनुभयो । विषयगत शाखावाट सञ्चालित योजनाहरुको काम पनि जारी रहेको उहाँको भनाई छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button