स्थानिय समाचार

तालतलैयामा होली पर्वकै दिन मात्र भित्रिए सयौं आन्तरिक तथा बाह्य पर्यटक

शर्मिला राई, धनकुटा ।  पछिल्लो समय पर्यटकहरुका लागि आर्कषणको केन्द्र वन्दै गएको धनकुटाको पाख्रीवास स्थितको पर्यटकीय स्थल तथा पीकनिक स्पोर्ट श्री संसारीमाई सिमसार क्षेत्र तालतलैयामा आज सयौ पर्यटकहरु भित्रिएका छन् ।

चैत शूक्ल पूर्णिमाको दिन मनाईने होली पर्वको अवसर पारी आज त्यहाँ आन्तरिक तथा वाह्य सयौ पर्यटकहरु भित्रिएका हुन् । सयजना सम्मको समूहमा आएका पर्यटकहरुले सिमसार क्षेत्र मै साथिभाई सँग एकापसमा रङ्ग लगाई सद्भाव बाँड्दै होली पर्व समेत मनाएका छन् ।

धार्मिक हिसावले समेत पछिल्लो समय भगवान शिव, हनुमान,भगवान गौतम वुद्ध सहित अन्य विभिन्न देवीदेवताको मूर्ति समेत निर्माण गरिसकिएको यो पर्यटकीय स्थलमा आज मात्र ११ सय वढी पर्यटकहरु आएको संसारीमाई सिमसार क्षेत्र संरक्षण समितिले जनाएको छ ।

सवैभन्दा वढी धनकुटाकै हिले सहित पाख्रीवास, काठमाण्डौ, झापा, सुनसरी,तेह्रथुम र मोरङ्गका पर्यटकहरु आएका हुन् । यहाँ आएका पर्यटकहरुले वरिपरी चियावगानको हरियाली दृष्यावलोकन गर्दै पीकनिक खान,वोटिङ्ग गर्न,घोडा चढ्न र विभिन्न देवीदेवताको दर्शन गर्न पाउने गरेका छन् ।

सम्बन्धित समाचार

Back to top button