स्थानिय समाचार

किराँत समुदायको विशेष चाड उधौली आज धनकुटामा यसरी मनाईदै

धनकुटा । आज मंशिर शुक्लपूर्णीमा किराँत समुदायको विशेष चाड उधौली(साकेला) भव्यताका साथ मनाईदैछ ।

प्रकृति पूजक किराँती समुदायले नयाँवाली भित्र्याईएको खुशियाली र चरा चुरुङ्गी लेकबाट बेँसी तर्फ झर्ने संकेतको रुपमा मनाउने यो चाडको अवसरमा पूर्णीमाको दिन आज धनकुटाको राईकुवा टोल स्थितको साकेला थानमा विधिपूर्वक उधौली पूजा आराधना गरिदैछ ।

त्यसपछि टुडिखेलमा आएर किराँती कलाकारहरुबाट साकेला पापानी नाच नाचेर यो पर्व मनाईदैछ ।

किरात राई यायोक्खा धनकुटाको केहिदिन अघि बसेको बैठकले उल्लेखित कार्यक्रम गरेर उधौली चाड मनाउने निर्णय गरेको थियाे ।

यो पर्व किराँती समुदायका सुनुवार,राई ,लिम्बु, याख्खाहरुको बसोबास रहेको क्षेत्रमा मनाउने गरिन्छ । यो पर्वमा किराँती समुदायले आफ्नो पितृलाई स्मरण गरि खेतबारीमा पाकेको अन्नबाली ईस्ट देवतालाई चढाउदै खानका लागि अनुमती माग्ने गर्दछन् ।

सुनुवारले फुलस्यादर,राईले उधौली (साकेला),याख्खाले चासुवा र लिम्बुहरुले चासोक तङ्नामको नामले मनाउने गर्दछन् । किराँतीहरुले अन्नबाली लगाउने समय बैशाख पूर्णीमामा उभौली पर्व मनाउने गर्दछन् भने मंशिर पूर्णीमाको दिन उधौली पर्व मनाउँदै आएका छन्।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button