स्थानिय समाचारस्वास्थ्य

कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य प्रोटोकल पालना गर्नु/गराउनु हुन पाख्रिबास नगरपालिकाको आग्रह

धनकुटा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय छिमेकी देश भारत र चीनमा समेत बढ्दै गएको र नेपालमा समेत यसको जोखिम रहेको भन्दै धनकुटाको पाख्रिबास नगरपालिकाले समेत पालिका भित्रका नागरिकलाई स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कोभिड-१९ वाट बच्न बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा सेनीटाइजरको प्रयोग गर्ने, एक अर्कामा भौतिक दुरी कायम राख्ने, व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्नु/गराउनु हुन स्वास्थ्य शाखा प्रमुख बसन्त राज निरौला र निमित्त प्रमुख प्रशासकिय अधिकृत गोर्ख बहादुर तामाङ् द्वारा संयुक्त रुपमा जारी सुचनामा जनाइएको छ ।

सुचनामा भनिएको छ : प्रस्तुत विषयमा स्वास्थ्य कार्यालय, धनकुटाको मिति २०७९/०९/२० गते च. नं. २९५१ को प्राप्त पत्र अनुसार COVID-19 को संक्रमण नेपालमा कम हुदै गएतापनि विश्वब्यापी रुपमा हेर्दा छिमेकि राष्ट्र लगायत केहि देशहरुमा संक्रमणका केहि स्वरूप (भेरिएन्ट) देखा परेको र सो को जोखिम तथा असार नेपालमा पनि पर्न सक्ने अवस्था प्रति सजक एवं सुसूचित हुन आवश्यक छ ।

सो लहर सुरु भइरहेको परीप्रेक्षमा कोभिड-१९ वाट बच्न बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा सेनीटाइजरको प्रयोग गर्ने, एक अर्कामा भौतिक दुरी कायम राख्ने, व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्नु/गराउनु हुन जानकारी गरिन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button